Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

अन्तत नेकपा एमाले फुट्यो : माधब पक्षले बनायो एमाले समाजबादी पार्टी


5.3K
Shares

अन्तत नेकपा एमाले फुट्यो : माधब पक्षले बनायो एमाले समाजबादी पार्टी

काठमाण्डौ २ भदौं । प्रमुख विपक्षी नेकपा एमाले विभाजित भएको छ । एमाले माधव नेपाल समूहले पार्टीको नाम नेकपा एमाले समाजवादी राख्ने भएको छ । यस्तै चुनाव चिन्ह खुला किताब राख्ने निर्णय भएको एमाले केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज मात्र संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पु¥याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गर्नुभएको थियो । नयाँ पार्टी निर्माणका लागि अध्यादेशले भने अनुसार न्युनतम २० प्रतिशत तयारी अवस्थामा रहेकोले प्रक्रिया पूरा गर्ने र अरु थप्दै जाने उहाँले बताउनुभयो ।

आज अध्यादेश जारी भएसँगै काठमाडौंको एउटा होटलमा बसेको बैठकले सो सम्बन्धी निर्णय गरेको हो । प्रस्ताव गरिएको पार्टीका अध्यक्षमा माधवकुमार नेपाल सहित ९५ जनाको केन्द्रीय कमिटी हुने छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology