एजेन्सी, १ भदौ । बिमानमा झुण्डिएरै जान खोज्ने २ जनाको खसेर मृत्यु भएको छ । घटनामा अफगानिस्तानको काबुलको हो । सोमबार बिहानमा अमेरिकी बायुसेवाको बिमान काबुल बिमानस्थलबाट उड्ने क्रममा अफगानिस्थानबाट भागरे जान खोज्ने २ व्यक्ति बिमानको बाहिरनै झुण्डिएर यात्रा गर्नेक्रममा बिमानबाट खसेका हुन् ।
हजारौं अफगानीले अमेरिकी वायुसेवनाको विमान रोक्न खोजे । उनीहरु विमानको अघि र पछि दौडिए । विमानको पाङ्ग्रा र पखेटामा मानिसहरु झुण्डिए । विमान रोकिएन । केही बेरमै उड्यो । विमानको पाङ्ग्रामा झुन्डिएकामध्ये ३ जना उड्दै गर्दा पनि थिए ।
उनीहरु विमान उड्दै गर्दा केही माथिबाट खसे । विमानबाट ३ जना खसेको पुष्टि भएको छ । उनीहरु स्थानीयको घरमाथि खसेको खबर छ ।
Images that define the US failed policy in Afghanistan #kabulairport pic.twitter.com/ZXd4FwHxF2
— Murtaza Ali Shah (@MurtazaViews) August 16, 2021