काठमाण्डौं ३२, साउन । तालिबानले अफगानिस्तानमाथि कब्जा गरेपछि चीनले सम्बन्ध विस्तारका लागि तयार रहेको प्रतिक्रिया दिएको छ । अफगानिस्तानको राजधानी काबुलमाथि तालिबानले कब्जा गरेपछि चीनले आज प्रतिक्रिया दिँदै मित्रताको सम्बन्ध विस्तारका लागि तयार रहेको बताएको हो ।
समाचार संस्था एएफपीका अनुसार चीनका विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङ्गले अफगानिस्तानका मानिसहरुले आफ्नो भाग्यको फैसला आफै गरुन् भन्दै चीनले त्यसको सम्मान गर्ने बताउनुभयो । उहाँले अफगानिस्तानमा रहेको आफ्नो दूतावासपनि रहने र आफ्ना नागरिकलाई पनि सुरक्षित घरमै रहनका लागि आग्रह गर्नुभएको छ ।
यसअघि पनि चीनसँग सम्बन्ध विस्तारका लागि तालिबानी नेताहरु चीन पुगेका थिए । त्यसबेला पनि चीनले सकारात्मक प्रतिक्रिया दिएको थियो ।