Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

अफगानिस्तानमा तालिबान बिद्रोही र सरकारी सेना बिच युद्ध जारी :


3.1K
Shares

अफगानिस्तानमा तालिबान बिद्रोही र सरकारी सेना बिच युद्ध जारी :

काठमाण्डौं ३१, साउन । अफगानिस्तान जारी युद्ध तत्काल समाधान हुने अवस्था देखिएको छैन । तालिवानी बिद्रोहीले अफगानस्तानका क्षेत्रमा कब्जा गरेका छन् । आज तालिवानीहरु अफगानस्तानको राजधानी काबुल सम्मै पुगेका छन् । तर काबुलमा धेरै नै बाक्लो जनघनत्व भएको र युद्ध हुन सक्ने देखिएकाले मानविय क्षति हुन सक्ने भएकाले तालिवानले आफ्ना फौजलाइ बस्तीमा नछिर्न आग्रह गरेको छ ।

यसैबीच, गृहमन्त्री अब्दुल सत्तार मिर्जाक्वालले सङ्क्रमणकालीन सरकारलाई शान्ति पूर्ण रुपमा सत्ता हस्तान्तरण हुने बताउनुभएको छ । तालिवानले आफ्ना लडाकुहरुलाई तत्काल राजधानी काबुल प्रवेश नगर्न निर्देशन दिएपछि उहाँले यस्तो बताउनुभएको हो । तालिवानले शक्ति प्रयोग गरेर राजधानी कब्जा नगर्ने बताए सँगै काबुलमा पछिल्लो समय आतङ्क केही कम भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

अफगानिस्तानको राजधानी शहर काबुलमा तालिबानका लडाकु छिरे सँगै राष्ट्रपति असर्फ घानीले आपतकालीन बैठक पनि बोलाउनुभएको छ । यसअघि घानीले अफगानिस्तानको सुरक्षालाई सशक्त बनाउने र सेनालाई संगठित गर्ने प्रयास भइरहेको बताउनुभएको थियो । तालिबानले मुलुकका अधिकांश क्षेत्रलाई कब्जामा लिएसँगै राष्ट्रपति घानीमाथि राजीनामा दिन दबाब बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology