Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

अफगानिस्तानमा रहेका नेपालीहरुलाई तत्काल उद्दार गर्न निर्देशन


2.4K
Shares

अफगानिस्तानमा रहेका नेपालीहरुलाई तत्काल उद्दार गर्न निर्देशन

काठमाण्डौं ३१, साउन । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अफगानिस्तानमा रहेका सम्पूर्ण नेपालीहरुलाई हवाई तथा अन्य बाटोबाट उद्दार गर्न निर्देशन दिएको छ । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबार बसेको बैठकले अफगानिस्तानमा रहेका नेपालीलाई उद्धार गर्न निर्देशन दिएको हो ।

यसअघि औपचारिक क्षेत्रमा कार्यरत करीब १५ सय नेपालीलाई भने अरु कर्मचारीहरुसँगै सुरक्षित स्थानमा लैजान सम्बन्धित संस्थालाई आग्रह गरिएको परराष्ट्र मन्त्रालयका सचिव भरत पौडेलले बताउनुभयो । बैठकमा परराष्ट्र सचिव पौडेलले अनौपचारिक क्षेत्रमा कार्यरत नेपालीहरुलाई सम्पर्कमा आउन सूचना जारी गर्ने तयारी भइरहेको बताउनुभयो ।

यसैबीच, मुस्लिम अतिवादी विद्रोही समूह तालिबानले राज्य सत्ता कब्जा गर्ने गरी अफगानिस्तानको राजधानी काबुल प्रवेश गरेसँगै त्यहाँ त्रासमा रहेका नेपालीको अवस्था बारे अध्ययन गर्न सरकारले परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेको नेतृत्वमा संयन्त्र गठन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology