Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बम आक्रमणमा परि १३ जनाको मृत्यु


4.3K
Shares

बम आक्रमणमा परि १३ जनाको मृत्यु

काठमाण्डौ ३१, साउन । कराँची शहरको बाहिरी क्षेत्रमा भएको ग्रिनेड आक्रमणमा १३ जनाको मृत्यु भएको छ । पाकिस्थानको कराँची शहरमा भएको उक्त बिस्पोटमा परि अन्य घेरै घाइते भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् ।

पाकिस्तान प्रहरीका एआईजी इमरान याकूबले भनेका छन्, ‘यो पारिवारिक कारणले घटाइएको घटना हो वा आतंकवादी आक्रमण हो भन्ने हामीले जान्न प्रयास गरिरहेका छौं । यद्यपि हामीसँग ठोस प्रमाण नहुँदासम्म अन्तिम निष्कर्षमा पुग्न भने सकिँदैन । अहिलेको अवस्थामा केही पनि भन्नु प्रारम्भिक आँकलन मात्र हुन्छ ।’

आक्रमणकारीहरु मोटरसाइकलमा चढेर आएर उनिहरुले ट्रकमा ग्रिनेड आक्रमण गरेका हुन् । अहिलेसम्म यो आक्रमणमा कसको हात रहेको छ भन्ने नखुलेको बताएको छ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology