कास्की ३०, साउन । नेकपा माओबादीबाट गण्डकी प्रदेशमा मन्त्रि बनेका दुइ जनालाई कोरोना संक्रमणको पुष्टी भएको छ । प्रदेशका भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढा र वन, वातावरण तथा भूसंरक्षणमन्त्री दीपक थापालाई कोरोना संक्रमण भएको हो ।
हाल दुवै मन्त्री आफ्नोै सरकारी निवासको होम आइसोलेसनमा रहनु भएको छ । उहाँहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । शुक्रबार प्रदेशको प्रयोगशालामा गरिएको परीक्षणमा मन्त्रीहरुमा कोरोना पोजेटिभ देखिएको हो । दुवै मन्त्रीका परिवार र सचिवालयका अन्य सदस्यको कोरोना परीक्षण गर्दा अन्य कसैको पनि रिपोर्ट पोजेटिभ नआएको बताइएको छ ।