Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

माओबादीले गर्यो गोरखा नगरपालिकाका सबै वडामा नेतृत्व चयन (सवैको नामावली सहित)


7.8K
Shares

माओबादीले गर्यो गोरखा नगरपालिकाका सबै वडामा नेतृत्व चयन (सवैको नामावली सहित)

गोरखा ३०, साउन । नेकपा माओबादी केन्द्र गोरखा नगरपालिकाका सवै वडामा वडा पार्टी पुर्नगठन सम्पन्न भएको छ । साउन महिनामा भित्रमा देशभरका सवै वडा कमिटिहरु पुर्न गठन गर्न केन्द्रले निर्देशन दिएपछि जिल्लामा भित्र पनि वडा पार्टी पुर्नगठनको कामलाई माओबादी केन्द्रले तिव्रता दिएको छ । जस अन्र्तगत गोरखा नगरपालिका भित्रका सवै वडामा पार्टी कमिटि पुर्नगठनको काम नगरकमिटिका सचिव कृष्ण रानामगरले जानकारी दिनुभयो ।

वडा नम्बर १ को वडापार्टी अध्यक्षमा गोबिन्द भट्टराई सचिवमा नेत्रप्रसाद भट्ट, वडा नम्बर २ को अध्यक्षमा राजु रोका सचिवमा ज्ञानेन्द्र थापा मगर, वडा नम्बर ३ मा राजु थापा सचिवमा अर्जुन बि.क चयन हुनुभएको छ ।

त्यस्तै वडा नम्बर ४ को अध्यक्षमा रामबहादुर थापा, सचिवमा अर्जुन प्रताप राणा, वडा नम्बर ५ को अध्यक्षमा साबित्री थापा सचिवमा रामबहादुर राना, वडा नम्बर ६ को अध्यक्षमा भरत श्रेष्ठ, सचिवमा भक्तराम राना, वडा नम्बर ७ को पार्टी अध्यक्षमा बिष्णुप्रसाद श्रेष्ठ सचिवमा भरत राना, वडा नम्बर ८ को अध्यक्षमा लालप्रसाद श्रेष्ठ, सचिवमा दण्डपाणी खत्री चयन हुनुभएको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै पार्टीको वडा नम्बर ९को अध्यक्षमा मिना काप्री र सचिवमा रामकुमा फेवाली, वडा नम्बर १० को अध्यक्षमा बुद्धदोङ लामा, सचिवमा राजेश्वर खनाल, वडा नम्बर ११ को अध्यक्ष रामबहादुर खड्का , सचिवमा कृष्ण रेग्मी, वडा नम्बर १२ को अध्यक्षमा राधिका कुमाल, सचिवमा हिराबहादुर अक्षामी, वडा नम्बर १३ को पार्टी अध्यक्षमा हरि खनाल, सचिवमा शम्भुप्रसाद अधिकारी र वडा नम्बर १४ को वडा पार्टी अध्यक्षमा गोपालबहादुर थापा, सचिवमा राजेन्द्र बाबु पन्थ चयन हुनुभएको छ ।

भेला सम्पन्न गर्न वडा नम्बर १,२, ४, ५, ६, ७, ८ र ९मा नगरपार्टी कमिटिका सचिव रानामगर पुग्नुभएको थियो भने वडा नम्बर ३ मा माओबादी केन्द्र गण्डकी प्रदेश कमिटिका सदस्य दिलबहादुर सेन्चुरी, वडा नम्बर १०, ११ र १२ मा नेतृ धन तमु र वडा नम्बर १३ र १४ मा नगरपार्टी कमिटिका अध्यक्ष कमला नहर्की पुग्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology