Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

ज्येष्ठ नागरिकलाई घरघरमा पुगेर कोभिड विरुद्धको खोप लगाउन निर्देशन


3.3K
Shares

ज्येष्ठ नागरिकलाई घरघरमा पुगेर कोभिड विरुद्धको खोप लगाउन निर्देशन

काठमाण्डौं २९, साउन ।  सर्वोच्च अदालतले ज्येष्ठ नागरिक लाई घर–घरमा पुगेर कोभिड–१९ विरुद्धको खोप सेवा दिन सरकारलाई अन्तरिम आदेश गरेको छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाले आज सो आदेश गर्नुभएको हो । प्रवेश केसीले ज्येष्ठ नागरिकलाई खोपमा सहजता गर्न माग गरेर रिट, निवेदन दर्ता गराउनुभएको थियो ।

खोप केन्द्रमा जान असमर्थ ज्येष्ठ नागरिक, विस्तारामा रहेका हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेको दीर्घ रोगीहरु तथा फरक क्षमता भएका र दुवै आँखा नदेख्नेहरुलाई घर–घरमा खोप सेवा दिन अदालतले अन्तरिम आदेश गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology