Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

विद्यार्थीहरूलाई कोभिड–१९ विरुद्धको खोप दिन सुुरु


4K
Shares

विद्यार्थीहरूलाई कोभिड–१९ विरुद्धको खोप दिन सुुरु

काठमाण्डौं २८, साउन । त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालित परीक्षामा सहभागी विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको खोप दिन सुुरु गरिएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले आजदेखि सबै विश्वविद्यालयस्तरको परीक्षामा सहभागी हुन प्रवेशपत्र लिइसकेका विद्यार्थीहरुलाई अष्ट्राजेनिका खोप दिन लागेको जानकारी दिनुभयो ।

प्रमुख खड्काका अनुसार खोप यही साउन ३० गतेसम्म लगाइनेछ भने काठमाडौं उपत्यकाका पाँच वटा खोप केन्द्रको व्यवस्था गरिएको छ । काठमाडौं प्रहरी अस्पताल, सैनिक अस्पताल, सशस्त्र प्रहरी अस्पताल, निजामती कर्मचारी अस्पताल र राधास्वामी आइसोलेसन खोप केन्द्रमा गएर विद्यार्थीहरुले खोप लगाउन सक्ने उहाँले बताउनुभयो ।

हिजो बसेको सचिव स्तरीय बैठकले करिब ६० हजार परीक्षार्थीलाई खोप दिने निर्णय गरेको थियो । उपत्यका बाहिरका विद्यार्थीहरुले भने प्रवेशपत्रको आधारमा नजिकैको खोप केन्द्रमा गएर खोप लगाउन सक्ने स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology