काठमाण्डौं २८, साउन । लुम्बिनी प्रदेशको मुख्य मन्त्रीमा कुलप्रसाद केसी नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनले नेकपा माओवादी केन्द्रका केसीलाई मुख्यमन्त्रीमा आज नियुक्त गर्नुभएको हो ।
प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।
केसीलाई मुख्यमन्त्री नियुक्त गर्न आजै चारदलीय गठबन्धनले ४२ जना प्रदेश सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचनसमक्ष बहुमतको सरकार गठनका लागि दाबी पेश गरेको थियो ।