गोरखा २८, साउन । नेकपा माओबादी केन्द्र अजिरकोट गाउँपालिका गोरखाले पालिका भित्रका सवै वडा कमिटी पुर्नगठनको काम सम्पन्न गरेको छ । बुधबार वडा वडामा भेलाको आयोजना गरि ५ वटै वडामा वडा पार्टी कमिटी पुर्न गठन गरिएको गाउँपार्टी कमिटीका अध्यक्ष सनिल परियारले जानकारी दिनुभयो ।
जस अनुसार वडा नम्बर १ को वडापार्टी अध्यक्षमा श्रीमान गुरुङ, सचिबमा बिष्णु भुजेल, वडा नम्बर २ को अध्यक्ष कृष्ण बहादुर गुरुङ, सचिवमा भरत धिताल, वडा नम्बर ३ को अध्यक्षमा धन बहादुर गुरुङ सचिवमा बाबुराम अधिकारी चयन हुनुभएको छ ।
त्यस्तै वडा नम्बर ४ को अध्यक्षमा जयबहादुर गुरुङ, सचिवमा उमाकान्त दवाडी र वडानम्बर ५ को अध्यक्षमा एक बहादुर राना र सचिब पुर्ण बहादुर तामाङ चयन हुनुभएको अध्यक्ष परियारले जानकारी दिनुभयो । माओबादी केन्द्रले पार्टीको केन्द्रिय निर्णय अनुसार जिल्ला भर वडा पार्टी कमिटी पुर्नगठनमा तिव्रता दिएको छ ।
यसअघि माओबादी केन्द्रले बुधबार जिल्लाको भीमसेन थापा गाउँपालिका भित्रका सवै वडामा समेत वडा पार्टी कमिटि पुर्नगठन गरिसकेको छ ।