गोरखा २७, साउन । गण्डकी प्रदेशका उर्जा जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आर्चायले स्थानीय आगामी २ बर्ष भित्रका ३ लाख परिवारमा एक घर एक धारा पु¥याउने बताउनु भएको छ । गोरखा सदरमुकाममा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रि आचार्यले अहिलेसम्म प्रदेश भित्र ३ बर्षमा ७७ हजार घरधुरीमा धारा पुगेको जानकारी दिनुभयो । उहाँले प्रदेश सरकारले योजना अनुसार एक घर एक धारा कार्यक्रमबाट आउदो २ बर्षमा थप १५ लाख नागरिकमा स्वच्छ खानेपानीको पहुँच पुग्ने बताउनुभयो ।
मन्त्रि आर्चायले अहिले खानेपानी आयोजना अन्र्तगत बन्ने लिफ्टिङ खानेपानी आयोजनाहरुमा उपभोक्ताहरुले बिद्युत महसुल बुझाउनु पर्ने बाध्यता रहेका भन्दै कतिपय उपभोक्ताहरुले भुक्तानी गर्नुपर्ने महसुल भुक्तानी गर्न नसक्दा समस्यामा परेको बताउनुभयो । ‘लिफ्टििङ खानेपानी आयोजनामा उपभोक्ता महसुल बुझाउ नसक्दा समस्यामा परेका छन्, उहाँले भन्नुभयो, प्रदेश सरकारले अब ३ बर्ष भित्रमा सवै खालका लिफ्टिङ खानेपानी आयोजना तथा सिञ्चाईका महसुलको दायित्व समेत लिने गरि योजना तयार पारेको छ ।’
मन्त्रि आर्चायले खानेपानी नागरिक उपलब्ध गराउने दायित्व राज्यको भएको भन्दै त्यस खालका आयोजनाको महसुल राज्यले भुक्तानी गरिदिनुपर्ने उल्लेख गर्नुभयो । मन्त्रि आर्चायले प्रदेश भित्रका सवै नगरपालिकाहरुमा चालु आर्थिक बर्ष भित्रैमा काठेपोल बिस्थापित गर्ने बताउनुभयो । अर्को फरक प्रसंगमा मन्त्रि आचार्यले प्रदेश सरकारले स्थानीय तहहरुसंग समन्वय गरेर काम गर्न नसकेको गुनासो बारम्बार आउने गरको भन्दै आफु सवै स्थानीय तहसंग समन्वय गरेर काम गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।
‘मेरो मन्त्रालय अन्र्तगत जिल्लामा रहेका सवै कार्यालय प्रमुखहरुलाई प्रदेश सरकारको योजनाको बारेमा भदौ १५गतेसम्ममा सवै स्थानीय तहका प्रमुख उपप्रमुखलाई बोलाएर औपचारिक रुपमा कार्यक्रमको जानकारी दिन निर्देशन दिईसकेको छ, उहाँले भन्नुभयो, ‘यस अघि पत्र पठाएर औपचारिकताका लागि मात्र मात्र जानकारी दिने शैलीको अन्त्य होस् भन्ने मेरो चाहाना हो ।’
उहाँले मन्त्रालय अन्र्तगत हुने आयोजनाहरुमा सुशासन कायम गर्न १० लाख भन्दा माथिका सवै योजनाहरुको टेन्डर प्रक्रिया मार्फत काम गर्ने गरि नीति ल्याउने तयारी गरिरहेको समेत बताउनुभयो ।