Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

माओबादी केन्द्र गण्डकी गाउँपालिका वडा नम्बर ३ र ४ को अध्यक्षमा कार्की र पन्त


15K
Shares

माओबादी केन्द्र गण्डकी गाउँपालिका वडा नम्बर ३ र ४ को अध्यक्षमा कार्की र पन्त

गोरखा २७, साउन । नेकपा माओबादी केन्द्र गण्डकी गाउँपालिका वडा नम्बर ३ र ४ को वडा भेला बुधबार सम्पन्न भएको छ । पार्टीका गण्डकी प्रदेश कमिटीका सदस्य एव गण्डकी गाउँपालिकाका इन्चार्ज दिपक तिमिल्सेना (साकार) को प्रमुख आतिथ्यतमा भएको भेलाले वडा नम्बर ३ मा हरिप्रसाद पन्त र वडा नम्बर ४ मा राम कार्कीको अध्यक्षतमा वडा पार्टी कमिटी गठन भएको छ ।

भेलाले वडा नम्बर ३ को सचिवमा राजु तिवारी र वडा नम्बर ४ को सचिवमा दीपक गुरुङलाई चयन गरेको छ । भेलामा वडा नम्बर ३ का थपि थप गर्ने गरि २१ सदस्सीय र वडा नम्बर ४ मा २५ सदस्सीय वडा कमिटि गठन गरिएको हो । भेलामा पार्टीका गण्डकी गाउँपार्टी कमिटिका सल्लाहकार चन्द्रकान्त पन्त, माओबादी केन्द्र साविक फुजेल गाबिसका पूर्व अध्यक्ष दुर्गा गुरुङको समेत सहभागिता रहेको थियो ।

केन्द्रले देशभरका सवै वडामा वडा कमिटि पुर्नगठन गर्ने निर्णय भएसंगै गोरखाा माओबादी केन्द्रले जिल्लाभर वडा कमिटि पर्नुगठनमा तिव्रता दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology