गोरखा २७, साउन । नेकपा माओबादी केन्द्र गोरखा नगरपालिका वडा नम्बर १३ को अध्यक्षमा हरिबहादुर खनाल चयन हुनुभएको छ । बुधबार (आज) सम्पन्न भएको पार्टीको वडा भेलाले खनालको अध्यक्षतामा २९ सदस्सीय वडा पार्टी कमिटि गठन गरिएको हो ।
भेलाले पार्टीको वडा सचिवमा शम्भुबहादुर अधिकारीलाई चयन गरेको छ । सोही अबसरमा पुराना बामपन्थी नेता प्रताप भन्डारी माओबादी केन्द्रमा प्रवेश गर्नुभएको छ । भेला नेकपा माओबादी केन्द्रकी नेतृ कमला नहर्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।