Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्तावमाथि आज टुंगो लाग्ने


1.5K
Shares

लुम्बिनी प्रदेशका मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्तावमाथि आज टुंगो लाग्ने

काठमाण्डौं २७, साउन । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आजका लागि बोलाइएको छ । मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्न दिउँसो १ बजे विशेष अधिवेशन बोलाइएको हो । विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपा र राष्ट्रिय जनमोर्चाले साउन १९ गते मुख्यमन्त्री पोखरेलविरुद्ध तेस्रोपटक अविश्वासको दर्ता गरेको थियो ।

अविश्वास प्रस्तावमाथि छलफल रोक्न माग गर्दै नेकपा एमालेका सांसदले दिएको रिटमाथि हिजो सर्वोच्च अदालतमा सुनुवाइ नभएपछि अविश्वास प्रस्तावमाथि छलफल नरोकिने निश्चित भएको हो । विशेष अधिवेशनको सबै तयारी पूरा भएको प्रदेशसभा सचिवालयले जनाएको छ । अविश्वासको प्रस्ताव टेबुल भएपछि आजै यसको छिनोफानो हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।

यसअघि मुख्यमन्त्री पोखरेल विरुद्ध विपक्षी गठबन्धनले वैशाख ६ र २६ गते अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । तर, ६ गते दर्ता गरेको अविश्वासको प्रस्तावमाथि छलफल हुने दिन वैशाख १९ गते मुख्यमन्त्रीबाट पोखरेलले राजीनामा दिएर एमालेको एकल बहुमत दाबी गर्दै पुनः मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । लुम्बिनीमा सत्तारुढ दल एमालेका ३८ सांसद छन् । बहुमतका लागि ४१ सांसदको समर्थन आवश्यक पर्छ ।

लुम्बिनीमा हाल ८० प्रदेशसभा सदस्य कायम छ । विपक्षी दल नेपाली काँग्रेस १९, नेकपा माओवादी केन्द्र १८, जनता समाजवादी पार्टी ३ र राष्ट्रिय जनमोर्चाका १ गरी ४१ सांसद छन् । यसैबीच लुम्बिनी प्रदेशमा सत्तारुढ दल नेकपा एमालेले अब के गर्ने भन्नेबारेमा निर्णय गर्न संसदीय दलको बैठक अहिले बसिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology