काठमाण्डौं २६, साउन । प्रतिनिधिसभाको बैठकमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो सरकारले गरेका कामको बचाउन गरेपछि पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई ओलीको कडा टिप्पणी गर्नुभएको छ ।
आफैले दुई दुई पटक बिघटन गरेर अदालतले पुर्नस्थापना गरिदिएको प्रतिनिधि सभाको बैठकमा मंगलबार सम्बोधन गर्नुहुदै ओलीले बिशेष समय लिएर गरेका दावी तर्क प्रति जनता समाजबादी पार्टीका अध्यक्ष समेत रहनु भएका डा. भट्टराईले कडा प्रतिबाद गर्नुभएको हो । डा भट्टराइले दैवले सबैको औषधी रचे पनि मूर्खको औषधी बनाउन बिर्सिएको भन्दै ट्विट मार्फत ओलीको कटाक्ष गर्नुभएको छ ।
‘भर्खरै आफ्नै कुकर्मले सत्ताच्यूत भएका ओलीको संसदमा कुरा सुन्दा र हाउभाउ हेर्दा स्कूलमा पढेको कवितांशको याद आयो, उहाँले लेख्नु भएको छ ‘पटकपटक संविधानको उल्लंघन, संसदको हत्या, अध्यादेशको राज, भ्रष्टाचारको पहाडबारे न कुनै क्षमायाचना, उल्टै जो चोर उसको ठूलो स्वर ।’
ओली प्रतिनिधिसभाको बैठकमा बर्तमान सरकारको चर्को बिरोध गर्दै आफ्नो नेतृत्वको सरकारले गरेका कामको बचाउ गर्नुभएको थियो ।
