Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

दुर्घटनापछि एक्कासी उद्धारमा जुटेका एक जवानले आमाको शव देखेपछि….


2.6K
Shares

दुर्घटनापछि एक्कासी उद्धारमा जुटेका एक जवानले आमाको शव देखेपछि….

एजेन्सी २६, साउन । जिम्मेवार पेसामा रहेपछि कहिलेकाहीँ आफ्नो ठूलो पीडालाई पनि मनभित्रै दबाएर कर्तव्यमा खटिनुपर्छ । यस्तै अत्यन्तै पीडादावी घटना भारतको छत्तीसगढमा भएको छ । छत्तीसगढको दंतेवाडामा सोमबार एउटा ट्रेक्टर ट्रली पल्टिँदा ४ जनाको मृत्यु भयो । संयोगले त्यतिबेला दुर्घटनास्थलभन्दा केही दूरीमा डिस्ट्रिक्ट रिजर्भ ग्रुपको एक समूह अर्कै अभियानका लागि आएका थिए ।

दुर्घटना भएको देखेपछि डिआरजीका जवानहरुले तत्काल उद्धार कार्य थाले । यस क्रममा डिआरजीका एक जवानको हातमा आफ्नै आमाको लाश आयो । ती जवानलाई दुर्घटनाग्रस्त ट्रेक्टरमा आफ्नी आमा पनि थिइन् भन्ने थाहा थिएन । अचानक आफ्नै हातमा आमाको लाश आएपछि मात्रै उनले आमा पनि ट्रेक्टरमा भएको थाहा पाएका थिए ।

तेलम टेटम क्षेत्रमा सर्च अभियानमा निस्किएका डिआरजीका जवानहरुले मानिसहरु आत्तिएर चिच्याएको सुनेपछि त्यहाँ आउँदा ट्रेक्टर तलाउमा डुबेको देखेका थिए । उनीहरु तत्काल उद्धारको लागि तलाउमा हाम्फाले ।उद्धारका लागि हाम्फाल्ने जवानहरुमध्ये वसु कवासी पनि थिए । उनीहरुले घाइतेहरुलाई बाहिर निकालेर अस्पताल पठाउन थाले ।

ट्रली उल्टिएको देखेपछि उनीहरुले ट्रलीमुनि पनि खोजी गर्न थाले । वसुको हातमा एक महिलाको शव आयो । उनले शव बोकेर बाहिर लिएर आए । बाहिर ल्याएर शव हेर्दा आफ्नै आमालाई देखेपछि उनी त्यहीँ रुन थाले । उनलाई उनकासाथीहरुले सम्हालेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology