नागरिक सवाल
काठमाण्डौं २६, साउन । मैलुङ खोला जलविद्युत कम्पनीको आइपीओ मंगलबार बाँडफाँट गरेको छ । कम्पनीमा आइपिओ भरेका मध्ये गोलाप्रथामार्फत कुल ६८ हजार ४७४ जनाले सेयर पाएका छन् । जसमध्ये ६८ हजार ४६८ जनाले १० कित्ता र ६ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् ।
कम्पनीले सर्वसाधारणलाई ६ लाख ८४ हजार ७४६ कित्ता सेयर बाँडफाँट गरेको हो । यो आइपीओमा कुल २० लाख ६७ हजार ९६७ जनाले आवेदन दिएकामा २ हजार ८४३ जनाको आवेदन रद्द भएको छ ।
रितपूर्वक आवेदन दिएका २० लाख ६५ हजार १२४ लाई मात्र गोलाप्रथामा सहभागी गराइएको हो । मैलुङ खोलाले साउन १४ गतेदेखि १८ गतेसम्म कुल ७ लाख २६ हजार २८६ कित्ता आइपीओ बिक्री खुला गरेको हो । नतिजा https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ । आइपीओ नतिजा हेर्न भने अझै केही समय प्रतिक्षा गर्नुपर्नेछ ।