Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गोरखामा रोपेको एक बर्षमै लटरम्म फल्यो स्याउ:ढुवानी गर्न फार्म भित्रै हेलिप्याड


13.2K
Shares

गोरखामा रोपेको एक बर्षमै लटरम्म फल्यो स्याउ:ढुवानी गर्न फार्म भित्रै हेलिप्याड

दीपक श्रेष्ठ

गोरखा, २५ साउन (रासस) : उत्तरी गोरखाको नामरुङमा बेर्ना सारेको एक बर्षमै स्याउ फल्न सुरु गरेको छ । गण्डकी प्रदेश सरकारले कृषकहरुको आयआर्जन बृद्धिका लागि भन्दै गतबर्ष अनुदानमा बितरण गरेको इटालियन जातको स्याउ लटरम्म फल्न सुरु गरेको हो । चुमनुब्री गाउँपालिकाको वडा नम्बर ४ स्थित नामरुङ्गको पोरमा लगाइएको करिब ४ हजार भन्दा बढी उन्नत जातको बोटमा स्याउ फल्न सुरु गरेको वडाध्यक्ष पेमा डुन्डुप लामाले जानकारी दिनुभयो ।

चुमनुब्री कृषक समूहलाई गत बर्षको असारमा प्रदेश सरकारले उपलब्ध गराएको इटालियन जातको गोल्डन, फुजी, गाला, रेड डेलीसेस र किंग डेलिसेस जातका बिरुवाले एकै बर्षमा राम्रो उत्पादन दिन थालेको छ, उहाँले भन्नुभयो, गत बर्षको असारमा बेर्ना सारिएको थियो, अहिले बोटमा राताम्मै स्याउ फलेको छ ।’ त्यहाँ ७ जना स्थानीय कृषकहरु मिलेर समुहमा व्यवसायिक रुपमा गत बर्षदेखि स्याउ खेती गर्न सुरु गरेका थिए ।

पोरमा प्रदेश सरकारको ७० प्रतिसत अनुदानमा कुल ४ हजार ३७० बोट स्याउ रोपिएको वडाध्यक्ष लामाले जानकारी दिनुभयो । ‘रोपिएका मध्ये ११४ वटा बोट हुर्किएनन तर अरु सबै बोट राम्रो संग हुर्किएका छन्, उहाँले भन्नुभयो, ‘ पहिलो बर्षमा नै सोचे भन्दा धेरै राम्रो फल दिन थालेको छ ।’ एउटै बोटमा २० केजीसम्म स्याउ फलेको उहाँको भनाई छ ।

‘फलेका जति सवै राख्दा नयाँ र कलिला बोटले धान्न नसक्ने भएपछि बोटको क्षमता रहेर स्याउका दाना सुरुमा छाँटकाँट गर्दा अहिले एउटा बोटमा ५ केजीसम्म बढी स्याउ फलेका छन्, वडाध्यक्ष लामाले भन्नुभयो, सानाबोटले त्यो भन्दा बढी धान्न नसक्ने भएपछि दाना टिपेर फाल्नु प¥यो ।’ उहाँले अधिकांस बोटमा स्याउ धान्न नसक्ने गरि फलेको बताउनुभयो । स्याउलाई बन्यजन्तुबाट जोगाउन तारबार गरिएको र स्याउ फार्म भित्र अहिले दैनिक ८ जनाले नियमित रुपमा काम गर्दै आएको वडाध्यक्ष लामाको भनाई छ ।

प्रदेश सरकारले अनुदानमा उपलब्ध गराएको बेर्ना इटालीबाट ल्याएर खच्चडबाट उत्तरी गोरखामा ढुवानी गरेर पु¥याएको थियो । सो क्षेत्रमा स्थानीय जातको स्याउ उत्पादन हुदै आएको भएता पनि बिदेशी जातको स्याउ उत्पादन भने पहिलो पटक भएको वडाध्यक्ष लामाले बताउनुभयो । ‘परीक्षणका लागि पनि भनेर फरक प्रजातीको स्याउ खेती गरिएको सुरु गरिएको थियो, उहाँले भन्नुभयो, ‘स्याउले पहिलो बर्ष नै राम्रोसंग फल दिएकाले राम्रो आम्दानी हुन्छ भन्ने कृषकहरुको बिश्वास छ ।’

स्थानीय कृषकहरु मिलेर पोरमा गतबर्षदेखि करिब १ सय रोपनी जमिन अहिले स्याउ खेती गरेका थिए । ‘करिब ३ सय रोपनी जग्गा स्याउ खेतीका लागि भाडामा लिइएको छ, उहाँले भन्नुभयो, बेर्नाको अभावका कारण तत्काललाई सय रोपनी जति क्षेत्रफलमा बेर्ना लगाइएको थियो, बाँकी जमिनमा पनि बेर्ना थप्दै जाने योजनामा कृषकहरु छन् ।’ सडक सञ्जालले नछोएको उत्तरी गोरखामा उत्पादन हुने स्याउलाई बजारसम्म पु¥याउनका लागि भने ढुवानी समस्या रहदै आएको छ ।

उत्पादित स्याउलाई समयमा बजारसम्म लैजान खच्चड र हेलिकप्टर बाहेकको बिकल्प छैन । उत्पादित स्याउलाई खच्चड मार्फत बजारसम्म लैजान काठको बाकस बनाउन थालिएको कृषकहरुको भनाई छ । हेलीकप्टर मार्फत ढुवानी गर्न मिल्ने गरी स्याउ बारी भित्रै हेलिप्याड निर्माण गरिएको छ, उहाँले भन्नुभयो, बजारमा पु¥याउन नसक्ने अबस्था भएमा स्याउलाई लामो समयसम्म ताजा राख्नका लागि कोल्डस्टोरको समेत निर्माण भईरहेको छ ।

त्यहाँ उत्पादन भइरहेको गोल्डन, फुजी, गाला, रेड डेलीसेस र किंग डेलिसेस नेपाली बजारमा प्रति केजी ३ सयदेखि ५ सय रुपैयासम्ममा बिक्री हुदै आएको छ । चुमनुब्री कृषक समूहले भने पहिलो पटकको उत्पादन गरिएको इटालियन जातको स्याउ गोरखा र छिमेकी जिल्लामा प्रति केजी २५० रुपैयाँमा बिक्री गर्ने लक्ष्य राखेको उहाँले बताउनुभयो ।

समूहले करिब १ करोड २० लाख रुपैयाका लागतमा गतबर्षदेखि स्याउ खेती सुरु गरेको थियो । स्थानिय लाक्पा डुन्डुप लामा सहित ७ जनाको टोलीले नामरुङको पोर भन्ने स्थानमा रहेको जमिन भाडामा लिएर गत बर्ष इटालियन स्याउ रोपेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology