Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

काग्रेस भित्र फेरि चर्कियो बिबाद :महाधिबेशन सार्ने निर्णय प्रति पौडेलको कडा आपत्ती


1.9K
Shares

काग्रेस भित्र फेरि चर्कियो बिबाद :महाधिबेशन सार्ने निर्णय प्रति पौडेलको कडा आपत्ती

काठमाण्डौ २५, साउन । पार्टीको आसन्न महाधिवेशनको मिति फेरि सार्न लागिएको भन्दै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना गर्नुभएको छ । आज बिहान सामाजिक सञ्जाल फेसबुकमा आफ्नो विचार सार्वजनिक गर्दै पौडेलले पार्टी सभापति देउवाको नाम उल्लेख नगरी सर्वत्र असफल व्यक्ति बारम्बार सत्ता सम्हाल्न पुगेको टिप्पणी गर्नुभएको हो ।

‘पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ । असाधारण परिस्थिति भनेर एक वर्ष थपियो । देशको संविधानलाई समातेर छ महिना बढाइयो । आज आएर त्यसभित्र पनि महाधिवेशन नगरेर नेपाली काँग्रेसलाई निर्वाचन आयोगसँग भीख माग्ने निरीह अवस्थामा पु¥याइएको छ ।

यहाँभन्दा वर्तमान नेतृत्वको चरम असफलता र लापर्बाही अरु के हुन्छ ? यो देशकै विडम्वना हो । सर्वत्र असफल व्यक्ति वारम्बार सत्ता समाल्न पुग्छन् ।’ पौडेलले लेख्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology