Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

एमाले ओली पक्षीय स्थायी कमिटिको बैठक आज बस्ने : के के गर्ला त निर्णय !


1.8K
Shares

एमाले ओली पक्षीय स्थायी कमिटिको बैठक आज बस्ने : के के गर्ला त निर्णय !

काठमाण्डौं २५, साउन । महाधिवेशन केन्द्रित छलफलका लागि नेकपा एमालेले स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक आजका लागि बोलाएको छ । एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार स्थायी कमिटी बैठक बिहान ११ बजे र दिउँसो ३ बजे केन्द्रीय कमिटीको बैठक बोलाइएको हो ।

बिहान बस्ने स्थायी कमिटीको बैठकले दिउँसोको केन्द्रीय कमिटीको बैठकका लागि एजेण्डा तय गर्ने सचिव तामाङले जानकारी दिनुभयो । दुवै बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बोलाइएको छ ।

आजको केन्द्रीय कमिटीको बैठकले वडा र स्थानीय तहको अधिवेशन गर्नेबारे निर्णय गर्ने सचिव तामाङले जानकारी दिनुभयो । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भने पार्टी एकताका लागि कुनै पनि निर्णय गर्नेगरी बैठक नराख्न माग गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology