काठमाण्डौं २५, साउन । जनता समाजबादी पार्टी (जसपा) का संघिय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिगमनको नयाँ भेरियन्ट आउनसक्ने भन्दै सचेत हुन सवैलाई आग्रह गर्नुभएको छ ।
ओली सरकारले सरकारले गरेको प्रतिगमनको नयाँ भेरियन्ट काग्रेस नेतृत्वबाट पनि हुनसक्ने भन्दै पूर्व प्रधानमन्त्री भट्टराईले ट्विट मार्फत सचेत हुन आग्रह गर्नूभएको हो ।
‘कोरोना झैं प्रतिगमनको पनि नयाँ भेरिएन्ट आउनसक्छ है ’, डा. भट्टराईले ट्वीटरमा लेख्नु भएको छ, ‘पहिलो असंवैधानिक भेरिएन्ट पराजित भएपनि दोश्रो संवैधानिक वा अर्ली इलेक्सन भेरिएन्ट आउनसक्छ ।’
उहाँले केपी शर्मा ओलीले संबिधानको पुरै हत्या गर्ने प्रयास गरेको भन्दै देउवा सरकारबाट बाट शरिर नभएपनि संबिधानको आत्मा मार्न सक्ने भन्दै निरन्तर खबरदारी गर्न अपिल गर्नुभएको हो ।