Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बिद्रोही तालिवानले अफगानिस्तानमा गर्यो एकैदिनमा तीन वटा प्रान्तीय राजधानी कब्जा


4.6K
Shares

बिद्रोही तालिवानले अफगानिस्तानमा गर्यो एकैदिनमा तीन वटा प्रान्तीय राजधानी कब्जा

काठमाणडौं २५, साउन । बिद्रोही तालिवानले अफगानिस्तानमा एकैदिनमा गर्यो तीन वटा प्रान्तीय राजधानी कब्जा गरेको छ । तालिवान लडाकुले उत्तरी शहर कुन्दुज, सर–ए–पुल र तालोक्वानमा आइतबार नियन्त्रण कायम गरेका हुन् । यससँगै अहिलेसम्म तालिबानले पाँच प्रान्तीय राजधानीमा कब्जा जमाउन सफल भैसकेका छन् ।

यसअघि उनीहरुले उत्तरी क्षेत्रको जोजन राज्यको राजधानी शबरगान तथा दक्षिण पश्चिमी प्रान्त निमरोजको राजधानी जाराञ्ज कब्जामा लिएका थिए । नियन्त्रणमा लिइएका मध्ये कुन्दुज रणनीतिक रुपमा निकै महत्वपूर्ण रहेको मानिन्छ । कुन्दुज केन्द्रीय राजधानी काबुलसहित अन्य महत्वपूर्ण केन्द्रहरुसँग जोडिएको छ ।

अहिले पश्चिमी शहर हेरात, दक्षिणी शहर कान्दाहर तथा लश्कर गाहमा पनि सरकार र विद्रोहीबीच भिडन्त भइरहेको छ । सरकारले विद्रोही लक्षित हवाई आक्रमण पनि बढाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology