Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नेपाल मास्क अभियान सफल पार्न स्वास्थ्य कार्यालय गोरखाको अनुरोध


9.2K
Shares

नेपाल मास्क अभियान सफल पार्न स्वास्थ्य कार्यालय गोरखाको अनुरोध

गोरखा २४, साउन ।  स्वास्थ्य कार्यालय गोरखाले साउन २९ गतेसम्मलाई नेपाल मास्क अभियानको रुपमा मनाउन आग्रह गरेको छ । कार्यालयले ‘कोरोना महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता, मास्क लगाउनु नै आजको आबश्यकता’ भन्ने नाराका साथ साउन २३ गतेदेखि २९ गतेसम्मलाई नेपाल मास्क अभियानको रुपमा मनाउन अपिल गरेको छ ।

कार्यालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गण्डकी प्रदेशले कोभिड १९ को बढ्दो संक्रमणलाई न्युनिकरण गर्नका साथै आम नागरिकलाई कोभिड संक्रमणबाट बचाउन अभियानको रुपमा मनाइरहेको भन्दै जिल्लामा पनि अभियान सार्थक बनाउन आम नागरिकहरुलाई आग्रह गरिएको छ । कोरोना संक्रमणबाट आफु बच्न र अरुलाई बचाउन जनस्वास्थ्य सुरक्षाको मापदण्ड अनिबार्य पालन गर्न समेत अपिल गरेको छ ।

कार्यालयले घर बाहिर निस्कदा अनिबार्य मास्क लगाउन, मास्क लगाउदा नाक मुख छोपिने गरि लगाउन र रोगबाट आफु पनि बच्न तथा अरुलाई पनि सुरक्षीत राख्न भनेको छ । त्यस्तै एक पटक लगाएको मास्क पुनः प्रयोग गर्न, प्रयोग गरेका मास्कलाई घर भित्र लगेर झुण्ड्याउने, खल्तीमा वा झोलामा राख्न नहुने कार्यालयले जनाएको छ ।

कार्यालयले एक पटक प्रयोग गरेको मास्कलाई कानमा अड्काएको डोरीमा समाती जतनसाथ खोलेर ढकन भएको बन्द भाडोमा राखी खाल्डो खनेर पुर्न पर्ने सूचनामा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology