काठमाण्डौं २४, साउन । जापानको टोकियोमा जारी ओलम्पिक खेलकुदमा अमेरिका ३९ स्वर्ण पदक सहित शिर्ष स्थानमा पुगेको छ । अमेरिकाले हाल सम्म ४१ रजत तथा ३३ कास्य पदक सहित ११३ पदक जितेको छ । यस्तै चीनले हाल सम्म ३८ स्वर्ण पदक सहित ३२ रजत र १८ कास्य पदक सहित ८८ पदक जितेको छ ।
जापानले हाल सम्म २७ स्वर्ण पदक जितेको छ । जापानले १४ रजत पदक कास्य पदक १७ ओटा जितेको छ । जापानले कुल ५८ ओटा पदक जितेको छ । बेलायतले २२ स्वर्ण पदक सहित ६५ पदक जितेको छ ।
यस्तै रसियन ओलम्प्पिक कमिटीले २० ओटा स्वर्ण पदक जितेको छ भने कुल ७१ पदक जितेको छ । अष्ट्रेलियाले १७ स्वर्ण पदक जितेको छ भने नेदरल्याण्डस्ले १० स्वर्ण पदक जितेको छ ।