Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

कोरोनाको कारण आज एकैदिनमा ५५ जनाको ज्यान गयो


1.9K
Shares

कोरोनाको कारण आज एकैदिनमा ५५ जनाको ज्यान गयो

काठमाण्डौं २४, साउन ।  पछिल्लो २४ घण्टामा देशभर २ हजार ५ सय ४८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २ हजार १९ जना सङ्क्रमणमुक्त भएका छने भने ५५ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोना सङ्क्रमितको कुल संख्या पीसीआरबाट ७ लाख १४ हजार ८७७ जना पुगेको छ ।

यस्तै एन्टिजेनबाट ६८ हजार ४७८ पुगेको छ । सङ्क्रमित मध्ये हालसम्म ६ लाख ६९ हजार २९९ जना निको भएका छन् । यस्तै हाल सम्म मृतकको कुल संख्या १ हजार ९३ जना पुगेको छ ।

हाल देशभर ८ सय २ जना आईसीयुमा रहेका छन् भने १८१ जना भेन्टिलेटरमा रहेका छन् । देशभर सक्रिय सङ्क्रमित ३५ हजार बढी रहेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ३७८ जनामा परीक्षण भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology