गोरखा २४, साउन । नेकपा माओबादी केन्द्र भीमसेन थापा गाउँपालिका वडा नम्बर ६ मा रनिल रानामगरको अध्यक्षतामा २४ सदस्सीय पार्टी कमिटि गठन भएको छ । आज भएको भेलाले वडा पार्टी कमिटीको सचिवमा फणिन्द्र भन्तनालाई चयन गरेको पार्टीले जनाएको छ ।
त्यस्तै कमिटीमा रबिन आले मगर, आशिष थापामगर, रन्जन रिमाल, टिकाराम भन्तना, श्यामप्रसाद गोतामे, खड्कबहादुर आले, बच्चुराम थापा तुलसी काप्री, इश्वरी नेपाली चयन हुनुभएको छ ।
अन्य सदस्यहरुमा रमेश वाग्ले, तोरणबहादुर श्रेष्ठ, चुणामणी तिवारी, मिना वाग्ले, श्याम थापा, मोहमद इसाक मियाँ, तिलक सिंखडा, प्रेमबहादुर बिश्वकर्मा, पदम पाण्डे, प्रेम भन्तना, सोभित पाण्डे, श्याम गोतामे र रामहरी कार्की चयन हुनुभएको पार्टीले जनाएको छ ।