काठमाण्डौं २३, साउन । पछिल्लो २४ घण्टामा थप ३ हजार २१८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,८६६ जनाको पीसीआर परीक्षणमा २,२३१ र ४,७०७ एन्टिजेन परीक्षणमा ९८७ जना गरी ३२१८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएको छ भने सङ्क्रमणमुक्त हुनेको संख्या १७२२ रहेको छ । देशभर सक्रिय सङ्क्रमितको संख्या ३५ हजार ४३२ पुगेको छ ।