काठमाण्डौं २३, साउन । मौसम पूर्वानुमान महाशाखाले आज दिनभर मौसम सामान्यदेखि पूर्ण बदली रहने बताएको छ । महाशाखाले आगामी तीन दिनको मौसम सम्बन्धी जानकारी सार्वजनिक गर्दै आज देशभर मौसम सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ । प्रदेश १, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन ÷चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।
यस्तै आजराती देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि बुलेटिनमा भनिएको छ । यस्तै प्रदेश १को एक वा दुई स्थानमा मेघ गर्जन ÷चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।
भोलि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बुलेटिनमा छ । महाशाखाका अनुसार पहाडी भू– भूगमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध गरेको छ ।