Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

एमालेको दुवै पक्ष आआफ्नै ढंगले अघि बढदै : बिबाद समाधान नहुने संकेत


1.9K
Shares

एमालेको दुवै पक्ष आआफ्नै ढंगले अघि बढदै : बिबाद समाधान नहुने संकेत

काठमााण्डौं २३, साउन ।नेकपा एमाले भित्र देखिएको विवाद तत्काल समाधान नहुने देखिएको छ । बरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भित्रै पार्टी एकता गरेर जाने वा विकल्पमा जाने भन्नेमा दुई धार देखिएको छ । हिजो र अस्ति दुई दिनसम्म चलेको नेपाल पक्षिय केन्द्रीय समिति सदस्यहरुको भेलामा अब मिल्न नसकेको खण्डमा विकल्पमा जानुपर्ने बारेमा पनि धारणा आएको छ ।

तर बैठकमा नेता नेपालले भने जस्तोसुकै अवस्थामा पनि मिलेर अगाडी जानुपर्ने बारेमा जोड दिनुभएको बैठक पछि नेता रघुजी पन्तले जानकारी दिनुभयो । हिजोको वैठकले २७ असारमा भएको १० बुँदे लगायतका सहमति कार्यान्वयन गर्दै एकताको आधार तयार गर्नुपर्ने निर्णय गरेको थियो । पार्टी एकताका लागि १० बुँदे सहमति भएको र वार्ता चलिरहेको बेला माधवकुमार नेपाल लगायतका नेताहरुमाथि अनेकौं लाञ्छना लगाउनु उचित नभएको भन्दै बैठकले दुःख समेत व्यक्त गरेको छ ।

बैठकले पार्टी एकता प्रक्रिया चलिरहेका बेला सदस्यता नवीकरण लगायतका संगठनात्मक काम गर्नु एकतालाई भाँजो हाल्ने गतिविधी भन्दै यस्ता गतिविधि तत्काल रोक्न ओली पक्षलाई आग्रह गरेको थियो । तर नेकपा एमालेका प्रवक्ता ओली पक्षिय नेता प्रदीप ज्ञवालीले भने नेपाल पक्षका नेताहरुलाइ कुरेर पार्टीको काम नरोकिने बताउनुभएको छ ।

हिजो नेपाल समुहको बैठकपछि प्रवक्ता ज्ञवालीले यस्तो प्रतिक्रिया दिनुभएको हो । अध्यक्ष ओली पक्षले विधान संसोधनबारे छलफल थालिसकेको छ । दुबै पक्ष आ–आफ्नै तरिकाले अगाडी बढ्न थालेपछि पार्टी भित्रको विवाद तत्काल नमिल्ने देखिएको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology