Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

नेपाल मास्क अभियान आजबाट सुरु हुँदै


5.7K
Shares

नेपाल मास्क अभियान आजबाट सुरु हुँदै

काठमाण्डौं २३, साउन । सरकारले आजदेखि नेपाल मास्क अभियान सुरु गर्दैछ । आज दिउँसो १ बजे भर्चुअल कार्यक्रम गरेर अभियान सुरु गर्न लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कोरोना सङ्क्रमणको रोकथामका लागि मास्कको महत्व बुझाउन र आम नागरिकमा मास्कको सही प्रयोगबारे जनचेतना जगाउने उद्देश्यले अभियान सञ्चालन गर्न गरिएको हो । ‘म पनि मास्क लगाउँछु र अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छु, म जिम्मेवार नेपाली’ भन्ने नाराका साथ अभियान सुरु गर्न लागिएको हो ।

कोरोना सङ्क्रमणबाट बच्न मास्क लगाउने व्यवहारको विकासका लागि समुदायस्तरमा जनचेतनामुलक कार्यक्रम गरिने स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले जनाएको छ । अभियान आउँदो शुक्रबारसम्म चल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology