Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

र्दुघटना भइसकेको बस चालकको चलाखीले यसरी बाँच्न सफल भए ३० यात्रु


8.6K
Shares

र्दुघटना भइसकेको बस चालकको चलाखीले यसरी बाँच्न सफल भए ३० यात्रु

एजेन्सी २३, साउन । दुर्घटना भइसकेको बस चालकको चलाखीले ३० यात्रुको ज्यान बच्न सफल भएको छ । भारतको हिमाञ्चल प्रदेशमा रहेको सिरमौर जिल्लामा चालकको चलाखीले ठूलो दर्घटना हुनबाट जोगिएको हो ।

पान्वटा शिलाई नेशनल हाईवे–७०७ को बोहराडको नजिकै एक निजी यात्रुबाहक बस ठूलो भिरबाट ३०० मिटर तल खस्नबाट जोगिएको हो ।बस दुर्घटना हुनबाट जोगिएपछि बसमा सवार ३० जना सकुशल रहेका छन् ।

शुक्रबार साँझ ४ बजे ३० जना सवार बस पान्वटाबाट शिलाईतर्फ गइरहेको छ । बस चालकको चलाखीले दुर्घटना हुनबाट जोगिएको प्रत्यक्षदर्शीले भारतीय सञ्चार माध्यमलाई बताएका छन् ।

कफोटाबाट करिब १० किलोमिटर टाढा पुगिसकेको बसको स्टेयरिङको रड टुट्यो । जसको कारण बस सडकको छेउमा रहेको प्यारापिटलाई तोडेर हावामा अड्कियो । तब, बसमा सवार सबै यात्रु रुन र कराउन थाले ।

बसको आधा हिस्सा सडकबाट बाहिर गइसकेको थियो । तर, उक्त समयमा पनि चालकले होस गुमाएनन् र ब्रेक लगाइरहे । जसको कारण बस एउटा मात्र टायरको साहारामा अड्कियो ।

चालकले उभिएर सबै यात्रुलाई बाहिर निकाले त्यसपछि सबै मिलेर बसलाई ठूलो ढुङ्गाको आड दिएर रोके र चालकलाई पनि बाहिर निकाल्न सफल भए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology