Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

‘प्रधानमन्त्री देउवा मन पर्छ’ अभियानलाई पार्टी भित्रैका नेताले दिए गाईजात्राको संज्ञा


3.3K
Shares

‘प्रधानमन्त्री देउवा मन पर्छ’ अभियानलाई पार्टी भित्रैका नेताले दिए गाईजात्राको संज्ञा

काठमाण्डौं २२, साउन ।  प्रधानमन्त्री शेरबहादुर देउवाको प्रशंसा हुनेगरी उहाँको सचिवालयले सुरु गरेको अभियानप्रति नेपाली काँग्रेसका नेताहरूले नै विरोध गरेका छन् । ‘मलाई शेरबहादुर देउवा मन पर्छ किनभने’ शीर्षकमा प्रधानमन्त्री देउवाको सचिवालयले विभिन्न भिडियो सामग्री सार्वजनिक गरेकोमा काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्रीको सचिवालयको यो कार्यलाई गाइजात्राको संज्ञा दिनुभएको छ ।

‘जीवनको हरेक क्षण देश, जनता र लोकतन्त्रका लागि समर्पण गरि जनताकाबीचमा स्थापित काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाज्यूका बारेमा सामाजिक सञ्जालमार्फत सुरु गरिएको भिडियो गाई जात्रा तत्काल बन्द गर्न प्रधानमन्त्रीको सचिवालयलाई विशेष अनुरोध गर्दछु’, खड्काले सामाजिक सञ्जाल ट्विटरमा लेख्नुभएको छ ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि प्रधानमन्त्री देउवाको प्रशंसा गर्दै भिडियो सामग्री बनाउने र सामाजिक सञ्जालमा राख्ने काम बन्द गर्न सचिवालयको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology