काठमाण्डौं २१, साउन । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले गरीबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत दिने तयारी अन्तिम चरणमा पुगेको बताउनुभएको छ । आज मन्त्रालयमा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीहरुसँगको छलफलमा मन्त्री भुसालले आफूले गरीबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत उपभोग गर्न दिने गरी तयारी अगाडि बढाएको बताउनुभयो ।
विद्युतको घरेलु उपयोग जसले बढी गर्छ, उसलाई विद्युत महशुल पनि कम गर्ने गरी आफूले तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो । ऊर्जा मन्त्री भुसालले सबै कृषियोग्य भूमिमा सिँचाई पु¥याउनको निम्ति पनि आफू क्रियाशील रहने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सिँचाईको निः शुल्क सेवा दिन सके विदेशी तेल खपत गरेर पम्प, मोटर चलाउनुपर्ने अवस्थाको अन्त्य हुने र राष्ट्रिय अर्थतन्त्र बढ्ने उहाँको भनाइ छ ।