Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

जन्ती गएका १७ जनाको चट्याङ लागेर मृत्यु : बेहुला घाइते


5.2K
Shares

जन्ती गएका १७ जनाको चट्याङ लागेर मृत्यु : बेहुला घाइते

काठमाण्डौं २१, साउ । जन्ती हिँडेका १७ जनाको चट्याङ लागेर मृत्यु भएको छ । बेहुलासहित १४ जना घाइते भएका छन् । बंगलादेशमा जन्ती लिएर बेहुलीको घर गइरहेका बेला चट्याङ लागेको बीबीसीले जनाएको छ ।

दक्षिण एसियामा वर्षेनी चट्याङ लागेर सयौँको ज्यान जाने गरेको छ । बंगलादेशमा सन् २०१६ मा एकैदिन ८२ जना र मे महिनामा मात्रै २ सय जनाको चट्याङ्ग लागेर मृत्यु भएपछि चट्याङ्गलाई प्राकृतिक विपत्ति घोषणा गरिएको थिया ।

विज्ञले वनजंगल फडानीका कारण चट्याङ्ग लागेर मानिसको मृत्यु हुने क्रम बढेको बताउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology