काठमाण्डौ २१, साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दैछ । अहिले बिहान ११ बजे बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा बैठक बस्नेछ ।
बैठकका लागि राजधानी बाहिर रहेका केन्द्रीय सदस्यहरू समेत काठमाडौं आएका छन् । संसद् पुनस्र्थापना र शेरबहादुर देउवा नेतृत्वमा नयाँ सरकार बनेपछि पहिलो पटक नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।
राजनीतिक घटनाक्रमबारे नेतृत्वले ब्रिफिङ गर्ने र केन्द्रीय सदस्यहरुको धारणा बुझ्न बैठक बोलाइएको केन्द्रीय सदस्य मेटमणी चौधरीले जानकारी दिनुभयो । तर एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले वक्तव्य जारी गरी आजको बैठक अनधिकृत भएको बताउनुभएको छ ।
नेपाल समूह पार्टी फुटाउने गरी अघि बढेपनि कोही पनि पार्टीको घेरा भन्दा बाहिर नजाओस् भनेर कारबाही नगरिएको तामाङले बताउनुभयो । तर सरकारमा सहभागि हुने गरी निर्णय गरे त्यो जघन्य अपराध हुने र त्यसै अनुसार कारबाही गरिने तामाङले सीआईएनसँग बताउनुभयो ।