Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

लुम्बिनी प्रदेशकी सांसद ओलीको आउजाउ जारी :फेरि एमाले छोडर फर्किइन माओबादीमा


4.3K
Shares

लुम्बिनी प्रदेशकी सांसद ओलीको आउजाउ जारी :फेरि एमाले छोडर फर्किइन माओबादीमा

काठमाण्डौ २०, साउन । माओबादी केन्द्रबाट एमाले प्रवेश गरेकी लुम्बिनी प्रदेशकी सांसद बिमला वली फेरि माओबादी केन्द्रमै फर्किनु भएको छ । अदालतले तत्कालिन नेपाल कम्युनिष्ट पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिलाई पार्टी बिभाजनपछि पार्टी रोज्न आदेश दिएपछि सांसद वली माओबादी केन्द्रमा प्रवेश गर्नुएको थियो ।

लुम्बिनी प्रदेस सरकार फेर बदलको प्रयास भइरहदा यही बिचमा सांसद वली केहिदिन अघि माओबादी केन्द्र छोडेर एमालेमा प्रवेश गर्नुभयो ।एमाले नेताहरुको निगरानीमा मुख्यमन्त्री शंकर पोखरेलको सरकारी निवासमा रहेकी सांसद बिमला आज बिहानै फरार भई माओवादी सम्पर्कमा पुग्नुभएको हो ।

सांसद वली माओवादी संसदीय दलको कार्यालयमा उपस्थित भएको माओवादीका एक नेताले बताएका छन्। ती नेताका अनुसार उहाँ मुख्यमन्त्री निवास छाडेर पार्टीको सम्पर्कमा आउनु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology