Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

भारतले दार्चुला घटनामा सार्वजनिक क्षमा माग्नुपर्छ : प्रवक्ता श्रेष्ठ


5.6K
Shares

भारतले दार्चुला घटनामा सार्वजनिक क्षमा माग्नुपर्छ : प्रवक्ता श्रेष्ठ

काठमाण्डौं २०, साउन । नेकपा माओबादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश)ले भारतले दार्चुला घटनामा सार्वजनिक रुपमा नेपाल संग क्षमा माग्नु पर्ने बताउनु भएको छ । राष्ट्रिय सभाका सदस्य समेत रहनु भएका प्रवक्ता श्रेष्ठले राष्ट्रिय सभाको आज बसेको बैठकमा बोल्दै घटनामा भारतीय सिमा सुरक्षाबल दोषी रहेको भन्दै नेपाल सामु भारतले क्षमा माग्नुपर्ने बताउनु भएको हो ।

‘अहिलेसम्म आएको तथ्यहरुको आधारमा तुइन तर्ने क्रममा जयसिंह धामी महाकाली नदीमा खस्नुको कारण भारतीय सीमा सुरक्षा बलका व्यक्तिहरु दोषी देखिएको छm प्रवक्ता श्रेष्ठले भन्नुभयो, ‘भारतले नेपाली जनतासँग माफी माग्नु पर्छ र उसले दोषीउपर कारबाही गर्नुपर्छ ।’ उहाँले घटनाको बिषयमा नेपाल सरकारले तत्कालै पहलकदमी लिएर भारतसंग घटनाको जबाफ माग्नु पर्ने बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology