Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

आज पनि मौसम प्रतिकुल, केही ठाउँमा अत्यधिक वर्षाको सम्भावना


2.2K
Shares

आज पनि मौसम प्रतिकुल, केही ठाउँमा अत्यधिक वर्षाको सम्भावना

काठमाण्डौं २०, साउन ।  आज पनि देशभरको मौसम प्रतिकुल रहने भएको छ । मनसुनी वायुको प्रभावले आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेश १, २ र बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी, लुम्विनी र कर्णाली प्रदेशका एक दुई स्थानमा भने मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ । यस्तै राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology