Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

निर्वाचन आयोगले गर्यो ४१ वटा राजनीतिक दलको दर्ता खारेज


2.1K
Shares

निर्वाचन आयोगले गर्यो ४१ वटा राजनीतिक दलको दर्ता खारेज

काठमााण्डौ १९, साउन । निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । १३६ वटा दलहरुवाट लगातार ३ वर्ष सम्म लेखा परिक्षण प्रतिवेदन आयोगमा नबुझाएका ४१ दलहरुलाई खारेजी गरि ९५ वटा दलको मात्र दर्ता कायम गरेको छ ।

आयोगको आज बसेको बैठकले साउन २० गतेदेखि लागू हुने गरी ४१ वटा दलको दर्ता खारेज गर्ने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । आयोगले खारेज भएका प्रत्येक राजनीतिक दललाई ५० हजार जरिवाना तोकेको छ ।

जरिवाना नतिरे सम्म खारेज भएका दलका केन्द्रीय पदाधिकारीले अरु दल दर्ता गर्न र आयोगमा दर्ता भएका अरु दलको पदाधिकारी बन्न नपाउने प्रवक्ता श्रेष्ठले बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology