Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

एमाले नेता नेपाल पक्षको भोली बोलायो केन्द्रिय कमिटिको बैठक


2.7K
Shares

एमाले नेता नेपाल पक्षको भोली बोलायो केन्द्रिय कमिटिको बैठक

काठमाण्डौंं १९, साउन । अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन पछि देखिएको एमाले भित्रको विवाद अझै मिल्न सकेको छैन । एकले अर्को पक्षलाइ आरोप प्रत्यारोप लगाउने र अलग्गै भेला तथा बैठक हुने क्रम पनि रोकिएको छैन । यसैबीचमा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफुपक्षीय केन्द्रीय सदस्यहरुको बैठक बोलाउनुभएको छ ।

नेता नेपालले भोली ११ बजेलाई बैठक बोलाउनु भएको छ । केन्द्रीय समिति बैठकमा विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गरिने छ ।

नेता नेपालले हिजो मात्रै आफू पक्षीय स्थायी समिति बैठक बोलाएर पार्टी एकता र पछिल्लो राजनीतिक घटनाबारे धारण सुनेका थिए । नेता नेपालले आफु पार्टी एकताको विपक्षमा नरहेको तर सम्मानजनक एकता नै अहिलेको आवश्यक्ता रहेको बताउदै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology