Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

दार्चुला घटनालाई लिएर एमालेका सांसदहरुले गरे सरकारको आलोचना


6.4K
Shares

दार्चुला घटनालाई लिएर एमालेका सांसदहरुले गरे सरकारको आलोचना

काठमाण्डौं १९, साउन ।  प्रमुख प्रतिपक्षि दल नेकपा एमालेले दार्चुला घटना र खोपको विषयलाई लिएर सरकारको आलोचना गरेको छ । प्रतिनिधि सभाको शुन्य समयमा बोलेका प्रमुख प्रतिपक्षका सांसदहरुले दार्चुला घटनामा सरकार मौन बसेको आरोप लगाए । उनीहरुले भारतका विरुद्ध सरकार बोल्न नसकेको र भारतको लागि सजिलो बनेको भन्दै आपति जनाएका छन् ।

सांसद भुमि प्रसाद त्रिपाठीले दार्चुला घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गर्नुभयो । अर्का सांसद महेश बस्नेतले काँग्रेस नेतृत्वको सरकारले स्वास्थ्य माफियालाई संरक्षण गरेको आरोप लगाउनुभयो । त्यस्तै सरकारले खोपको दुरुपयोग गरेको आरोप पनि लगाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology