काठमाण्डौं १९, साउन । एमाले बरिष्ठ नेता माधब कुमार नेपाल समुहले भोली (बुधबार) नयाँ पार्टी खोल्ने पार्टीका ओली पक्षका नेता गोकुल बाँस्कोटले दावी गर्नुभएको छ । सामाजिक सञ्जाल ट्विटर मार्फत एमालेका केन्द्रिय सदस्य समेत रहनुभएका नेता बाँस्कोटाले बरिष्ट नेता नेपाल खनाल पक्षले नयाँ पार्टी खोल्न लागेको दावी गर्नूभएको हो ।
‘क्वालीटीमा भोलि माधव कमरेडले एमालेलाई रातो बत्ती देखाएर कलम पार्टी घोषणा गरी माओवादी पार्टीमा जाने ढोका खोल्ने र अन्ततः भाई कांग्रेस भई नयाँ अग्रगामी इतिहास रच्ने लास्ट प्रयास गर्ने ।’ नेता बाँस्कोटाले ट्विटमा लेख्नु भएको छ ।
