काठमाण्डौं १९, साउन । तपाई काुनन अध्ययन गरेर बस्नु भएको छ । जागिरको खोजीमा हुुनुहन्छ भने तपाईका लागि सुनौलो अबसर प्राप्त भएको छ । न्याय सेवा आयोगले १९ जनाका लागि जिल्ला न्यायाधीश पदपूर्तिका गर्न बिज्ञापन प्रकाशन गरेको हो । आयोगले खुल्ला तर्फ ५ जना, आन्तरिक तर्फ, ९ जना, महिला कोटा तर्फ २ जना, आदीबासी, जनजाती र मधेषी कोटा तर्फ १ १ जनाका लागि दरखास्त मागेको हो ।
सो कालागि प्रथम पत्रको परीक्षा असोज १२ गते, द्वितीय पत्रको परीक्षा असोज १४ गते र तृतीय पत्रको परीक्षा असोज १५ गते निर्धारण गरिएको छ । यस्तै चौथो पत्रको पहिलो खण्डको परीक्षा असोज १६ गते र दोस्रो खण्डको परीक्षा असोज १७ गते हुने छ । परीक्षा केन्द्र लोक सेवा आयोगको अनामनगरस्थित कार्यालयमा तोकिएको छ ।
