Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

केपी ओलीलाई हटाउने माधव नेपालको यस्तो छ खतरनाक रणनीति


2.6K
Shares

केपी ओलीलाई हटाउने माधव नेपालको यस्तो छ खतरनाक रणनीति

काठमाण्डौ १८, साउन । नेकपा एमाले भित्रको बिबाद अहिले उत्कृष्टमा छ । पार्टी भित्र एकले अर्कोलाई कारवाही गर्ने, कारवाही फिर्ता लिने र माफी दिने क्रम एमाले भित्र चलिरहेको छ । तत्कालिन प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभाको बिघटन पछि बिबाद चुलिएको एमाले भित्रको बिबाद अहिले एकले अर्को कमजोर पारेर पार्टीमा आफ्नो बाहुल्यता देखाउने रणनीतिमा पार्टी अध्यक्ष केपी शर्मा ओली र बरिष्ट नेता माधब कुमार नेपाल तथा झलनाथ खनाल समुह लागेका छन् ।

पार्टीमा अध्यक्ष ओली केन्द्रिय समितिमा स्पस्ट बहुमतमा रहेका छन् भने स्थायी कमिति र पोलिटव्युरोमा दुवै समुहको शक्ति बराबरी जस्तै छ । यो बिचमा बरिष्ट नेता नेपाल पार्टी फुटाउने सम्मको चर्चा सवै तिर चलेको थियो । अझ अझै पनि बरिष्ठ नेता नेपाल पार्टी फुटाउन तयार देखिनु हुन्न बरु पार्टीमा पकड बनाउन सक्रिय भइरहनु भएको नेपाल निकट एक नेताको भनाई छ । केन्द्रीय कमिटीमा बहुमत बनाउने नेपालको प्रयास चलिरहेको छ ।

एमालेको नवौं महाधिवेशनबाट बनेको केन्द्रीय कमिटीमध्ये २०३ सदस्य रहेका छन् । १०२ बनाएर केपी शर्मा ओलीलाई अध्यक्षबाटलाई हटाउने रणनीतिका साथ नेपाल पक्ष लागेको छ । त्यसैले पार्टी फुटाउने दबाब आफ्नै पक्षका नेताहरुबाट परिरहेपनि उहाँ मानिरहनु भएको छैन बरु धैर्य गर्न आग्रह गरिरहनु भएको छ ।

माधव नेपालले एमाले एकताका लागि विभिन्न सर्त राख्दा ओली अध्यक्षबाट हट्नुपर्ने या अध्यक्षमण्डल बनाएर महाधिवेशनमा जानुपर्ने प्रस्ताव समेत राख्नुभएको थियो। तर, ओलीले माधव नेपाललाई एमालेमा स्थान नभएको बताएर एकताको सम्भावना कमजोर बनाइदिनुभयो । यसले ओली र नेपालबीचको टकरावलमा दुईमध्ये एक नेता एमालेमा नरहने निश्चितप्रायः भएको छ ।

माधव नेपाल एमाले फुटाउन तयार नहुने र ओलीले नेपाललाई स्थान छैन भनेबाट अब केन्द्रीय कमिटीमा जस्को पकड बलियो हुन्छ उसैले एकले अर्कोलाई हटाउने निश्चितप्रायः छ । यी दुईमध्ये एक एमालेबाट हट्ने या कुनै एकले नयाँ पार्टी खोल्नेबाहेक दोस्रो पुस्ता नेतृत्वमा पुग्ने विकल्पमा मात्र एमालेको विवाद टुंगिने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology