Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

कोरोनाबाट अहिलेसम्म कुन देशमा कति मानिसले ज्यान गुमाए (यो हेर्नुहोस् )


3.5K
Shares

कोरोनाबाट अहिलेसम्म कुन देशमा कति मानिसले ज्यान गुमाए (यो हेर्नुहोस् )

काठमाण्डौं १७, साउन : विश्वभर फैलिएको कोभिड १९ कोरोना भाइरसको सङक्रमणका कारण ४२ लाख ३५ हजार ९ सय ५६ जनाको मृत्यु भएको छ । हाल सम्म १९ करोड ८६ लाख ६६ हजार ३ सय ४९ जनामा सङक्रमण पुष्टि हुँदा १७ करोड ९३ लाख ७९ हजार ५ सय ८ जना निको भएका छन् । संयुक्त राज्य अमेरिकामा ३ करोड ५७ लाख ४५ हजार २४ जनामा सङक्रमण पुष्टि हुँदा ६ लाख २९ हजार ३ सय १५ को मृत्यु भएको छ ।

छिमेकी मुलुक भारतमा ३ करोड १६ लाख ५५ हजार ८ सय २४ मा सङक्रमण पुष्टि हुँदा ४ लाख २४ हजार ३ सय ८४ को मृत्यु भएको छ । त्यसैगरि ब्राजिलमा १ करोड ९९ लाख १७ हजार ८ सय ५५ जनामा सङक्रमण पुष्टि हुँदा ५ लाख ५६ हजार ४ सय ३७ जनाको मृत्यु भएको छ । रसियामा ६२ लाख ८८ हजार ६ सय ७७ मा सङक्रमण पुष्टि हुँदा १ लाख ५९ हजार ३ सय ५२ को मृत्यु भएको छ ।

फ्रान्समा ६१ लाख २७ हजार १९ जनामा सङक्रमण पुष्टि हुँदा १ लाख ११ हजार ८ सय ६७ को मृत्यु भएको छ भने बेलायतमा ५८ लाख ५६ हजार ५ सय २८ मा सङक्रमण पुष्टि हुँदा १ लाख २९ हजार ६ सय ५४ को मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology