Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

जसपा र माओवादी केन्द्रले मन्त्रीको नाम दिए आज मन्त्रिमण्डल बिस्तार हुने


5.9K
Shares

जसपा र माओवादी केन्द्रले मन्त्रीको नाम दिए आज मन्त्रिमण्डल बिस्तार हुने

काठमाण्डौं १७, साउन ।  प्रधानन्त्री शेरबहादुर देउवाले आज साँझसम्ममा मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ । सत्तासाझेदार दल नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले मन्त्रीको नाम टुङ्गो लगाएमा आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी प्रधानमन्त्रीको रहेको उहाँको निजी सचिवालय स्रोतले जनाएको छ ।

सरकारमा जाने मन्त्रीहरुको बारेमा टुङ्गो लगाउन माओवादी केन्द्र र जसपा आन्तरिक छलफलमा जुटेका छन् । माओवादी केन्द्रले बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटीको बैठक बोलाएको छ । बैठकमा सरकारमा सहभागी हुने मन्त्रीको बारेमा छलफल हुने नेता देवेन्द्र पौडेलले सीआईएनसँग बताउनुभयो ।

सरकारमा जाने मन्त्रीको बारेमा जसपाले पनि पछिल्ला केही दिनदेखि औपचारिक तथा अनौपचारिक छलफल चलाउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology