काठमाण्डौं १६ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले दार्चुलामा तुइन तर्ने क्रममा युवक महाकालीमा बेपत्ता भएको घटनाको छानबिन गर्न माग गर्नुभएको छ । आज अखिल फोर्सको कार्यक्रममा उहाँले घटनामा लापरबाही गर्ने जोसुकै भए पनि कारबाही हुनुपर्ने बताउनुभयो ।
घटनाको छानबिन गरी दोषीलाई दण्डित गर्ने काममा उहाँले भारत सरकारको ध्यानाकर्षण गराउनुभयो । हिजो दार्चुलामा नदी तरिरहेका बेला एसएसबीले तुइनको डोरी काट्दा ब्याँस गाउँपालिकाका युवक जयसिंह धामी नदीमा खसेर बेपत्ता हुनुभएको छ ।