Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

रामकुमारी झाँक्रीको उद्घोष : आत्मा आलोचना सहित ओलीले अध्यक्ष छोडे मात्रै पार्टी अब एकता


3.5K
Shares

रामकुमारी झाँक्रीको उद्घोष : आत्मा आलोचना सहित ओलीले अध्यक्ष छोडे मात्रै पार्टी अब एकता

नागरिक सवाल

काठमाण्डौं १६, साउन । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष केही शर्मा ओलीले आत्मा आलोचना सहित अध्यक्ष पदबाट हटे मात्र पार्टी एकता हुने बताउनु भएको छ । काठमाण्डौ आज बरिष्ठ नेता नेपाल निकट अखिल फोर्सको बृहत भेलालाई सम्बोधन गर्दै युवा नेतृ झाँक्रीले यस्तो बताउनु भएको हो ।

‘‘जतिबेला आजको राजनीतिलाई यो स्थितिमा पुर्‍याउनेहरु मेनस्ट्रिमबाट बाहिर हुन्छन्, पार्टी एकताको शर्तमा छाड्छन्, त्यतिबेला मात्र पार्टी एकता हुन्छ’ उहाँले भन्नुभयो, ‘प्रतिगमनकारीले सामान्य प्रयश्चित पनि नगरी कुममा कुम जोडाएर मात्र एकता हुदैन ।’

आफू पार्टी एकता विरोधी नभएको भन्दै नेतृ झाँक्रीले कम्युनिस्ट आन्दोलनको विर्सजन कसले भन्नेमा स्पस्ट भइसकेको बताउनुभयो । उहाँले पुस ५ र जेठ ७ प्रतिगमन कि जनादेश भन्ने प्रष्ट हुनुपर्ने हुनुपर्नेमा जोड दिनुभयो । एमालेभित्र संसद विघटनलाई प्रतिगमन र जनादेश बन्ने दुईथरि मत रहेको भन्दै उहाँले यसमा समान धारणा नहुँदासम्म पार्टी एकता कसरी हुन सक्छ भन्ने प्रश्न समेत गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology